फ्राइडे रिलिज: घनचक्कर, जुगजुग जिओ र एल्भिस

काठमाडौँ - आजदेखि नेपाली हलहरुमा तीन नयाँ फिल्म रिलिज भएका छन्। नेपाली फिल्म ‘घनचक्कर’, बलिउडको ‘जुगजुग जियो’ र हलिउडको ‘एल्भिस’ प्रदर्शनमा आएका हुन्।

सस्पेन्स र कमेडी फिल्म ‘घनचक्कर’मा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका रहेको छ  रोजगारी खोज्दै गाउँबाट सहर पसेका दुईजना बेरोजगार युवाको कथावस्तुमा फिल्म आधारित छ। फिल्मलाई जितेन्द्र राजोपाध्याले निर्देशन गरेका हुन्।

बाज लरम्यान निर्देशित हलिउड फिल्म ‘एल्भिस’ले अंग्रेजी रकगायक एल्भिस प्रिस्लेको जीवन यात्रा र संघर्षलाई चित्रण गरेको छ।  बाल्यकालदेखि रकस्टार हुँदै फिल्म अभिनेता बन्न उनले गरेको संघर्ष र व्यवस्थापक टम पार्करसँगको जटिल सम्बन्धलाई फिल्मले चित्रण गरेको छ। फिल्ममा अस्टिन बट्लरले एल्भिस प्रिस्लेको भूमिका रहेको छ।

करण जोहरको कम्पनी धर्मा प्रोडक्सनले निर्माण गरेको फिल्म जुगजुग जिओमा वरुण धवन, अनिल कपुर, कियारा आडवाणी, नीतु कपुरको मुख्य भूमिका रहेको छ। फ्यामिली कमेडी ड्रामा जानरामा निर्माण भएको यो फिल्मलाई राज मेहताले निर्देशन गरेका हुन्। भारतमा समिक्षात्मक रूपमा यस फिल्मले राम्रो प्रतिक्रिया समेत पाइरहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×