तेस्रो ब्यास युवा कप असोजमा

काठमाडौँ - तेस्रो संस्करणको ब्यास युवा क्लब असोज ३ देखि ११ गतेसम्म तनहुँमा हुने भएको छ। ब्यास युवा क्लब (भिवाईसी) ले पहिलो पटक नाइन ‘ए’ साइड फरम्याटको फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।

यसअघि यस प्रतियोगिता सेभेन ‘ए’ साइड फरम्याटमा सञ्चालन गरिँदै आएको आइतबार आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिएका छन्। प्रतियोगितामा तनहुँ, कास्की, स्याङ्जा, लम्जुङ र चितवन जिल्लाका ४२ टोलीको सहभागिता रहने छ।

नकआउटका आधारमा सञ्चालन गरिने प्रतियोगिताको विजेतालाई १ लाख ११ हजार १ सय ११ रुपियाँ र उपविजेतालाई ५५ हजार ५ सय ५५ रुपियाँ पुरस्कार प्रदान गरिने बताइएको छ। यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई ५५ सय रुपियाँ पुरस्कार प्रदान गरिने जानकारी पनि गुरुङले दिएका छन्।

दमौलीको बीपी वन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक सहयोग गर्नेछ। कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई ब्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेको आयोजकले जनाएको छ। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×