रिलिज भएको २४ घण्टामै ब्ल्याकपिंकको ‘पिंक भेनम’ले बनायो कीर्तिमान

काठमाडौँ - संसारमै चर्चित दक्षिण कोरियाली गर्ल-ब्याण्ड ब्ल्याक पिंकको ‘पिंक भेनम’ २४ घण्टामै सर्वाधिक भ्युज पाउने म्युजिक भिडियो बनेको छ। रिलिज भएको २४ घण्टामा यसले साढे ८ करोडभन्दा बढी भ्युज पाएको छ।

१९ अगस्टमा युट्युब च्यानल ‘ब्ल्याकपिंक’मार्फत सार्वजनिक भएको भिडियोले २ दिनमै १३ करोडभन्दा बढी भ्युज पाइसकेको छ। सन् २०२२ लागेयता २४ घण्टामा यति धेरै भ्युज पाउने भिडियो कुनै थिएन।

सन् २०१६ मा कोरियाली किशोरीहरू जिसो, जेनी, रोजी र लिसाले सुरु गरेको ब्ल्याकपिंक ब्याण्डलाई अचेल विश्व संगीतको चार्टबस्टरमा ‘ब्लकबस्टर’ मानिन्छ। नेपालमा समेत अहिले पिंक भेनम ट्रेण्डिङ १ मा छ। यसअघि सन् २०१८ मा ब्ल्याकपिंक ब्याण्डले ल्याएको ‘डु डु डु डु’ म्युजिक भिडियोले पनि तहल्का पिटेको थियो।

उसो त, दक्षिण कोरियाको बीटीएस ब्राण्ड पनि संसारमै चर्चित छ। बीटीएस दक्षिण कोरियाली केटाहरूको ब्यान्ड हो।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×