प्रेमराजा महतको नयाँ गीत ‘पीपल डाँडे साइँली’ सार्वजनिक

काठमाडौँ - लोक गायक प्रेमराजा महतको नयाँ गीत ‘पीपल डाँडे साइँली’ सार्वजनिक गरिएको छ।  गीत गायनमा महतलाई गायिका अस्मिता परियारले साथ दिएकी छिन्।

ट्रि इन्टरटेनमेन्टको प्रस्तुतिमा लोक शैलीमा तयार गीतमा शब्द तथा संगीत प्रेमराजा महतले नै तयार पारेका हुन्। ‘बाँझो खेतमा, हिउँचुलीमा हिउँ, बिदेशीको हरियो डलर’ जस्ता चर्चित गीतका गायक महतले यो गीत आफूले ४ दशक अगाडि नै कल्पना गरेको बताएका छन्। 

गीतको भिडियो दीपक नेपालीले निर्देशन गरेका छन्। भिडियोमा महतसहित दीपाश्री निरौला, डेलविस, राज, जुना सुन्दास र सलिना खत्रीको अभिनय रहेको छ।
दिनेश दर्शनधारी, यशोधा राई र सुवर्ण महर्जनको लगानी रहेको भिडियो नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन रहेको छ। भिडियोमा मौसम हिमालीको कोरियोग्राफी रहेको छ।

महतले यो गीत कोर्दा १ मोहरमा २ दाना अम्बा पाइने गरेको भन्दै अहिले समय फेरिएको बताएका छन्। गीतले ४ दशक अगाडिको जनजीवनलाई चित्रित गरेको उनको भनाइ रहेको छ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×