वरुण र कृतिको हरर-कमेडी फिल्म ‘भेडिया’को ट्रेलर सार्वजनिक

काठमाडौँ - वरुण धवन र कृति सेनन स्टारर बलिउड फिल्म ‘भेडिया’को ट्रेलर रिलिज भएको छ। हरर-कमेडी जनराको यो फिल्मलाई अमर कौशिकले निर्देशन गरेका हुन्।

ट्रेलरमा वरुणमा देखिएको अवस्था असामान्य अवस्थालाई चित्रण गरिएको छ। फिल्ममा वरुणकी प्रेमिकाको भूमिकामा रहेकी कृति  छोटो र स्टाइलिस कपालमा प्रस्तुत छिन्।

जियो स्टुडियोज र दिनेश भिजनको प्रस्तुति रहेको भेडिया आगामी नोभेम्बर २५ मा सिनेमाघरमा रिलिज हुँदैछ। कृतिले यसअघि जियो स्टुडियोजका लुकाछिपी र मिमी फिल्ममा अभिनय गरेकी थिइन्। दुवै फिल्म हिट भएका थिए।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×