महेश बाबुले भने: बलिउडले मलाई अफोर्ड गर्न सक्दैन

काठमाडौँ - साउथका सुपरस्टार महेश बाबु आफ्नो एक बयानका कारण चर्चामा छन्। उनले भर्खरै आदिवी शेषको फिल्म मेजरको ट्रेलर सार्वजनिक कार्यक्रममा बलिउड डेब्यूको बारेमा आफ्नो धारणा राखेका थिए।

सञ्चारकर्मीसँगको कुराकानीमा उनले हिन्दी फिल्म उद्योगले आफूलाई धान्न नसक्ने भएकाले हिन्दी फिल्ममा काम गरेर समय खेर नफाल्ने बताएका हुन्।

हिन्दी फिल्मको बारेमा कुरा गर्दै महेश बाबुले भने ‘मलाई हिन्दी फिल्मबाट धेरै अफर आउँछन्। तर, मलाई लाग्दैन कि उनीहरूले मलाई अफोर्ड गर्न सक्छन्। म यस्तो उद्योगमा काम गर्न चाहान्न जसले मलाई अफोर्ड नै गर्न सक्दैन।’

उनले थप भने- 'मैले यहाँ (दक्षिणमा) पाएको स्टारडम र सम्मान ठूलो छ। म सधैं फिल्म गर्ने र ठूलो बन्ने सोच गर्छु। मेरो सपना अब साकार हुँदैछ'।

उनी अन्तिम पटक ‘सरिलेरु नीकेववरु’मा देखिएका थिए। यो फिल्म २०२० मा रिलिज भएको थियो। अभिनेता अब छिट्टै चलचित्र ‘सरकारु वारी पेटला’ मा देखिदैछन्। फिल्म मे १२ मा सिनेमा हलमा रिलिज हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×