काठमाडौँ - पाकिस्तानको दक्षिणी बन्दरगाह सहर कराँचीमा रहेको एउटा दन्त चिकित्सालयमा अज्ञात बन्दुकधारीहरुले गोली चलाउँदा एक चिनियाँ नागरिकको मृत्यु भएको छ र अन्य दुई जना घाइते भएका छन्। उनीहरुविरुद्ध लक्षित हमला भएको पाकिस्तानी प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आक्रमणकारीहरू बिरामी भएको बहाना गर्दै कराँचीको सदर क्षेत्रमा रहेको क्लिनिकमा प्रवेश गरेका थिए। घाइते हुनेमा एक महिला पनि छिन्।
पीडित सबै चिनियाँ नागरिक रहेका प्रहरीले पुष्टि गरेको छ। घाइते दुबै जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। उनीहरुको पेटमा गोली लागेको छ। घटनाबारे अनुसन्धान गर्न सिन्ध प्रान्तका मुख्यमन्त्रीले निर्देशन दिएका छन्।