ट्रकको ठक्करबाट चेपाङको मृत्यु

 पूर्व–पश्चिम अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका ६ स्थित सुना देवी मन्दिर अगाडि ट्रकको ठक्करबाट एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको ना ७ ख १७९६ नं.को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बागमती प्र.०६ ००१ प ४५३७ न. को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक चितवन जिल्ला माडी नगरपालिका १२ का वर्ष २० का कोरेस् चेपाङको मृत्यु भएको हो । 

ट्रकले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटनामा परी घाइते भएका चेपाङलाई पुरानो मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा बिहीबार राति २०ः४० बजे डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय, हेटौँडाले जनाएको छ ।

प्रहरीको अनुसार ट्रक चालक र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×