सिरहा - पात टिप्ने क्रममा रूखबाट लडेर लहान नगरपालिका–२४ गोबिन्दपुर बस्ने ४५ वर्षीय संजय साहुको शुक्रबार दिउँसो मृत्यु भएको छ ।
आफ्नो घर नजिक खेतबारीमा रहेको कटहरको रूखमा चढी बाख्रालाई पात टिप्ने क्रममा लडेर गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल लहान सिरहातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।