सप्तरी– सप्तरीको राजविराजस्थित साबुन उद्योगमा आगलागी भएको छ। मंगलबार राजविराज नगरपालिका–७ मा रहेको छिन्नमस्ता साबुन उद्योगमा आगलागी भएको हो।आगलागीबाट करिब ५० लाखको क्षति भएको छ।
विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कायालयले जनाएको छ। यो उद्योग सप्तरी बोदेबर्साइन नगरपालिका–३ का सुनिलकुमार साह र प्रमोदकुमार साहले सञ्चालन गर्दै आएका हुन्। स्थानीयवासी, सुरक्षाकर्मी र दमकलको सहयोगमा आगोलाई नियन्त्रणमा लिइएको थियो।