मौलिक समाजवादबाट मात्र अहिलेको संकट समाधान हुन्छः विप्लव

सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले स्थिर राजनीतिक प्रणालीको विकास गर्न सकिए मात्र देश उभो लाग्ने बताएका छन्।

नेकपा सुर्खेतद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा महासचिव चन्दले अस्थिर राजनीतिक प्रणालीले मुलुक सही ढंगले अघि नबढ्ने बताए।

“पूँजीलाई जनतातर्फ फर्काउने अर्थतन्त्रको विकास नहुन्जेलसम्म मुलुकमा परिवर्तन हुँदैन्”, उनले भने।

नेपाली विशिष्टताको मौलिक समाजवाद आजको आवश्यकता भएको उल्लेख गर्दै महासचिव चन्दले यसबाट मात्र मुलुकमा देखिएको संकटको समाधान हुने दाबी गरे।

पछिल्लो समय नेकपाले उपभोग, उत्पादन र आत्मनिर्भर समाज निर्माण गर्नतर्फ जोड दिइरहेको उनको भनाइ थियो।

“मालिक बन्ने शिक्षालाई श्रम र उत्पादनसँग जोड्नु पर्छ। समृद्ध र आत्मनिर्भर मुलुकका लागि कृषि उत्पादन र उद्योगको विकासमा जोड दिनुपर्दछ”, महासचिव चन्दले भने।

समाजवादी मोर्चाको गति अपेक्षित रुपले नबढे पनि अब रफ्तारमा जाने र सुरुमा माओवादीबीचको एकता गरी पछि कम्युनिष्ट घटकबीचको एकतामा जोड दिइने उनको भनाइ थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×