पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राखिनुपर्छः रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका छन् ।

राप्रपाले शुक्रबार आयोजना गरेको चियापान कार्यक्रममा लामिछानले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई सबैले सम्मान गर्नुपर्ने र उनलाई राजनीति भन्दा माथि राखेर सबैको साझा बनाउनुपर्ने बताएका हुन् ।

राजनीतिक दलहरुबीच मतभेद रहेपनि चियापान कार्यक्रमले भेटभावका साथै सद्भावको वातावरण बनाउने उनले बताए । उनले राष्ट्रनिर्माताप्रति सम्मान प्रकट गर्न पनि चियापान कार्यक्रममा आएको जिकिर गरे ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×