सुर्खेत - एमसीसी अनुमोदन गरेको भन्दै सुर्खेतमा विभिन्न दलका कार्यालयमा आगजनीको प्रयास भएको छ।
सोमबार साँझ नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सुर्खेतस्थित कार्यालयमा आगजनको प्रयास भएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको छ।
सोमबार साँझ ८ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।