मलाइका अरोडा चढेको गाडी दुर्घटना, अस्पतालमा अरोडा

काठमाडौँ - चर्चित बलिउड अभिनेत्री मलाइका अरोडा सवार भएको गाडी दुर्घटना भएको छ। उनी सवार रेञ्ज रोभर कार मुम्बई-पुणे एक्सप्रेस वे नजिकै दुर्घटनामा परेको हो। भारतिय न्यूज मिडियाहरुका अनुसार अभिनेत्री अरोडालाई मुम्बईको अपोलो अस्पतालमा भर्ती गरिएको छ।

चिकित्सकहरुका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ। प्रहरीले घटनाबारे अनुसन्धान सुरु भइसकेको बताएका छन्। भारतीय सञ्चारमाध्यमहरूका अनुसार दुर्घटनाको प्रारम्भिक कारण अत्याधिक ट्राफिक हुनु हो। महाराष्ट्र नवनिर्माण सेनाको कार्यकर्ताको सम्मेलनका कारण सडकमा अत्याधिक मात्रामा सवारी जाम भएको र अचानक तीन गाडी एकापसमा ठोकिएका थिए।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×