काठमाडौँ - बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ हलमा रिलिज भएको छ। फिल्म रिलिज हुनुअघि नै चर्चामा थियो। आमिर खानका फ्यानहरु लामो समयदेखि यो फिल्मको प्रतिक्षामा थिए।
फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ। एकातिर जहाँ आमिर र उनको फिल्मले राम्रो प्रतिक्रिया पाइरहेको छ। योसँगै फिल्मको पहिलो दिनको आँकडाले पनि अचम्मित बनाएको छ।
फिल्म सुपरहिट हुने आशामा रहेका कलाकार र निर्माताका लागि केही निराशाजनक तथ्याङ्कहरु सार्वजनिक भएका छन्। फिल्मले सोचेभन्दा निकै कम कमाई गरेको छ।
फिल्म ‘लाल सिंह चड्ढा’ ले पहिलो दिन १२ देखि १३ करोड रुपैयाँ कमाएको छ। रिपोर्टका अनुसार यो सोचेभन्दा निकै कम कमाई हो।