तालिवानद्वारा अब्दुल लतिफ नाजारी अर्थमन्त्री नियुक्त

तालिबान । तालिबानले शनिबार अब्दुल लतिफ नाजारीलाई अर्थमन्त्रीमा नियुक्त गरेको छ।

विद्यावारिधि गरेका नाजारी काबुलको विश्वविद्यालयमा प्राध्यापन गर्थे। सूचना तथा संस्कृतिका उपमन्त्री तथा तालिवानका प्रवक्ता जबिउल्लाह मुजाहिदले ट्वीटर पोस्टमा डा अब्दुल लतीफ नाजारीलाई अर्थतन्त्रको व्यावसायिक उपमन्त्री नियुक्त गरेको बताएका छन्। तालिबानका सर्वोच्च नेता मुल्ला हेब्तुल्लाह अखुन्दजादाको आदेशका आधारमा नाजारीलाई नियुक्त गरिएको जनाइएको छ ।

"डा अब्दुल लतीफ नाजारी हजारा भाइ हुन् र अर्थतन्त्रको क्षेत्रमा क्षमता छ," ट्विटरमा लेखिएको छ । अफगानिस्तानको इस्लामिक इमिरेट्सको अन्तरिम सरकारमा नाजारी मात्र गैर-पश्तुन व्यक्तित्व होइनन् तर यसअघि अर्का गैर-पश्तुन (हजारा) डा हसन ग्यासीलाई जनस्वास्थ्य उपमन्त्री नियुक्त गरिएको थियो।

यसअघि सेप्टेम्बर ७ मा तालिबानले ३३ सदस्यीय कार्यवाहक मन्त्रिपरिषद् घोषणा गरेको थियो जसमा न त महिला थिए न त समावेशी नै । काबुलमा तालिवानको अन्तरिम सरकारका कम्तीमा १४ सदस्य कार्यवाहक प्रधानमन्त्री मुल्लाह मोहम्मद हसन अखुन्द सहित संयुक्त राष्ट्र सुरक्षा परिषद्को आतङ्कवादको कालोसूचीमा छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×