एक खेल अगावै जिम्बाब्वेलाई एकदिवसीय क्रिकेट शृङ्खला

काठमाडौँ - घरेलु टोली जिम्बाब्वेले बङ्लादेशसँगको ३ खेलको एकदिवसीय क्रिकेट शृङ्खला एक खेल अगावै जितेको छ। गएराति हरारेमा भएको दोस्रो एकदिवसीयमा जिम्बाब्वेले बङ्लादेशलाई ५ विकेटले पराजित गर्दै शृङ्खला २-० ले जितेको हो।

बङ्लादेशले दिएको २ सय ९१ रनको लक्ष्य जिम्बाब्वेले ४७ ओभर ३ बलमा ५ विकेट गुमाएर भेट्टायो। जिम्बाब्वेका लागि सिकन्दर राजा र रेगिस चाकभाले शतकीय पारी खेलेका थिए।

सिकन्दर राजाले १ सय १७ रन र रेगिस चाकभाले १ सय २ रनको योगदान गरेका थिए। यस्तै, टोनी मुयोङ्गाले ३० र टडिवानाशी मरुमनीले २५ रन बनाएका थिए। बङ्लादेशका हसन मुहम्मद र मेहेदी हसनले समान २/२ विकेट लिए भने तैजुल इस्लामले १ विकेट लिएका थिए।

त्यसअघि ब्याटिङ गरेको बङ्लादेशले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ९० रन बनाएको थियो।

बङ्लादेशका लागि महमुदउल्लाह र तमिम इकवालले अर्धशतकीय पारी खेलेका थिए। महमुदउल्लाहले ८० तथा इकवालले ५० रनको योगदान गरेका थिए। यस्तै, आफिफ हुसेनले ४१, नजमुल हुसेन सान्तोले ३८ रन, मुस्फिकुर रहिमले २५ तथा अनामुल हकले २० रन बनाएका थिए।

जिम्बाब्वेका लागि सिकन्दर राजाले ३, वेस्ली माधिबेरीले २ तथा भिक्टर न्याउची र टन्का चिभान्गाले १/१ विकेट लिएका थिए। २ टोलीबीचको तेस्रो एकदिवसीय खेल बुधवार हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×