काठमाडौँ। बलिउड कलाकार ईशान खट्टरको आउँदो चलचित्र 'पिप्पा'को प्रदर्शन मिती सार्वजनिक गरिएको छ। इशानले स्वयम् सामाजिक सञ्जालमार्फत चलचित्रको पोस्टर शेयर गर्दै यो कुराको जानकारी दिएका हुन्। चलचित्र ९ डिसेम्बर २०२२मा प्रदर्शनमा आउनेछ। राजा कृष्णको निर्देशनमा बनेको चलचित्रमा ईशानका अलावा मृणाल ठाकुर, प्रियांशु पेन्युली र सोनी राजदान पनि मुख्य भूमीकामा रहेका छन्। रोनी स्क्रूवाला र सिद्धार्थ रोय कपूरले चलचित्रलाई प्रोड्युस गरेका हुन्।
