काठमाडाैँ - चलचित्र सायराको घोषणा गरिएको छ। काठमाडौँमा मंगलबार एक कार्यक्रममा फिल्म सायरा निर्माणको घोषणा गरिएको हो। बलिउडका विशाल देसाईको निर्देशनमा सायरा चलचित्र बन्ने भएको छ।
सायरामा आर्यन सिग्देल, सोफिया सिद्दिकी, कविता नेपालको नाम टुंगो लागिसकेको छ भने बाँकी कलाकारको टुंगो लाग्न बाँकी छ। नेपाली र हिन्दी भाषामा निर्माण हुने सायराको छायांकन नेपाल र अष्ट्रेलियामा हुनेछ। पुष्कर झाले निर्माण गर्ने सायराको प्रस्तुतकर्ता रघु परियार हुन्।