नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड

दोलखा - पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ। नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन्। तीन हजार  ८४२ मिटर उचाइको प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी पशुराम घिमिरेले बताए। कालिञ्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ।

नयाँ वर्षमा आउने पर्यटकका लागि कालिञ्चोकका व्यवसायीले विशेष छुटको व्यवस्थासमेत गरेका छन्। 

दोलखा, सिन्धुली, बर्दिवास छोटो दूरीको यातायातबाट जोडिएसँगै हिमाली जिल्ला दोलखामा तराई केन्द्रित पर्यटकको सङ्ख्या वृद्धि भएको छ। तराईबाट तीन घण्टाको दूरीमै चरिकोट आउन सकिने हुँदा गर्मी छल्नका लागि पारिवारिक भ्रमणमा तराई तथा भारतका केही क्षेत्रका मानिस दोलखा आउने गरेको पाइन्छ। कालिञ्चोकसँगै दोलखाको पर्यटकीय क्षेत्र जिरी सैलुङ, खरिढुङ्गा, फिलिमसिटी गुराँसपार्कलगायत क्षेत्र आन्तरिक पर्यटकले भरिएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×