काठमाडौँ - साफ यू-२० च्याम्पियनसिप फुटबलको उपाधिका लागि शुक्रबार भारत र बंगलादेश भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ सवा ७ बजेबाट भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सुरु हुनेछ।
प्रतियोगितामा अपराजित बंगलादेश पहिलो र आयोजक भारत दोस्रो स्थानमा रहँदै फाइनलमा स्थान बनाएका हुन्। बंगलादेशले समूह चरणका ४ मध्ये ३ खेल जितेको थियो भने नेपालसँग बराबरी खेलेको थियो।
नेपाललाई ८-० गोलको फराकिलो अन्तरले हराएको भारत भने बंगलादेशसँग २-१ गोलले पराजित भएको थियो।
प्रतियोगिताबाट बाहिरिएको नेपाली टोली बिहीबार नै स्वदेश फर्किइसकेको छ।