जिम्बाब्वे ‘ए’ सँगको एकदिवसीय पहिलो खेलमा नेपालको खराब सुरुवात

काठमाडौँ - नेपालले जिम्बाब्वे ‘ए’ सँगको पहिलो एकदिवसीय खेलमा खराब सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले सुरुवाती १५ ओभरमा महत्वपूर्ण ६ विकेट गुमाउँदै ७६ रन बनाएर खेलिरहेको छ। 

भिक्टर न्याउचीले तेस्रो ओभरको दोस्रो बलमा ओपनर कुशल भुर्तेललाई १९ रनमा बोल्ड गरे। भुर्तेलले १० बलमा ४ चौका प्रहार गरे। चौथो ओभरको पाँचौं बलमा ब्राड इभन्सले आसिफ शेख विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच गराए। आठ बलको समान गरेका उनले १ चौकासहित पाँच रन बनाए। 

पाँचौं ओभरको दोस्रो बलमा भिक्टरले आरिफ शेखलाई ५ रनमा बोल्ड गराए। इभन्सले आठौं ओभरको दोस्रो बलमा रोहित पौडेललाई ३ रनमा एलबिडब्लू र दसौं ओभरको पाँचौँ बलमा दिपेन्द्रसिंह ऐरीलाई १८ रनमा विकेटकिपर क्लाइभ मडान्डेबाट क्याच गराएपछि खराब सुरुवात गरेको नेपाल ५६/५ को अवस्थामा पुग्यो। 

नेपालले छैटौँ विकेटका रुपमा आदिल अन्सारीलाई व्यक्तिगत दुई रनमा गुमायो। उनलाई १४ औं ओभरको चौथो बलमा ब्रेन्डन माभुताले ब्राड इभन्सबाट क्याच गराए। अहिले क्रिजमा रहेका सोमपाल कामीले आठ रन बनाउँदा सुशन भारीले रनको खात खोल्न सकेका छैनन्। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×