ड्रोन आक्रमण बढेपछि पुटिनद्वारा रिजर्भ सेना फिर्ता बोलाउने आदेश

युक्रेनले पछिल्ला दिनहरूमा रुसमाथि ड्रोन आक्रमण तीव्र बनाएपछि रुसले आन्तरिक सुरक्षालाई मजबुत बनाउने निर्णय गरेको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले देशभरका महत्त्वपूर्ण प्रतिष्ठान र पूर्वाधारको सुरक्षाका लागि रिजर्भ सेनालाई फिर्ता बोलाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

मस्कोस्थित पुटिनको निवास नजिकै ड्रोन आक्रमण भएको खबर सार्वजनिक भएपछि उक्त कदम चालिएको बताइएको छ। यसलाई रुसले अब युद्ध मोर्चासँगै आन्तरिक सुरक्षामा समेत उच्च सतर्कता अपनाउन थालेको संकेतका रूपमा हेरिएको छ।

आदेशअनुसार सन् २०२६ मा रुसी सशस्त्र बलको मोबिलाइजेशन रिजर्भमा रहेका नागरिकलाई विशेष प्रशिक्षण शिविरमा सहभागी गराइनेछ। उनीहरूलाई ऊर्जा केन्द्र, यातायात सञ्जाल, रणनीतिक संस्था तथा अन्य महत्त्वपूर्ण पूर्वाधारको सुरक्षामा खटाइनेछ। आदेश तत्काल लागू हुने जनाइएको छ।

रुसी सरकारले सुरक्षा सुनिश्चित गर्नुपर्ने महत्त्वपूर्ण प्रतिष्ठानहरूको सूची अन्तिम रूप दिन निर्देशन पाएको छ भने विशेष प्रशिक्षण अभ्यास सञ्चालन गर्ने जिम्मेवारी रक्षा मन्त्रालयलाई दिइएको छ। युक्रेन–रुस युद्धको प्रभाव रुसको आन्तरिक सुरक्षासम्म फैलिन थालेको संकेतका रूपमा यो निर्णयलाई विश्लेषकहरूले अर्थ्याएका छन्।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×