गायक कमल खत्री र गायिका मेलिना मैनालीले गरे इन्गेजमेन्ट

काठमाडौँ - गायक कमल खत्री र द भोइस अफ नेपालबाट उदाएकी गायिका मेलिना मैनालीबीच  इंगेजमेन्ट भएको छ। आइतबार आफूहरूको इंगेजमेन्ट भएको दुवैजनाले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका छन्।

खत्री र मैनालीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्- ‘जीवनको नयाँ अध्यायको सुरुवात तिमीसँग हुनु नै मेरो जीवनकै सुखद् पक्ष हो। चाहना यत्ति छ कि साथ र माया सँधै पाइरहुँ। जीवनको हरेक उतारचढावमा सदैव एकअर्काको साथमा रहने वाचा गर्दै हामीले रितिरिवाज अनुसार  इंगेजमेन्ट गरेका छौं।’

उनीहरू केही समयदेखि प्रेम सम्बन्धमा थिए।

‘आत्मामा’बोलको गीतबाट चर्चामा आएका कमलका थुप्रै गीत चर्चित छन्। उनी सांगीतिक क्षेत्रका चर्चित गायक एवं संगीतकार हुन्।

मेलिना मैनाली भने उदीयमान गायिका हुन्। उनका पनि केही गीतहरू चर्चित छन्। केही समयदेखि प्रेममा रहेका कमल र मेलिनाले केही गीतमा सहकार्य गरेका छन्। गत शुक्रवारमात्रै कमल र मेलिनाको स्वर एवं अभिनयमा ‘गुनगुनाउने बानी परेछ’ बोलको गीत सार्वजनिक भएको थियो।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×