रुपन्देही - बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँमा आज मोटरसाइकल दुर्घटना हुँदा एक युवकको निधन भएको छ। लु३६प ४७४२ नंको मोटरसाइकल दुर्घटना हुँदा बुटवल–११ कालिकानगरका २८ वर्षीय सञ्जय खत्रीको बिहान ५ बजे निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिए।
खत्रीको शवपरीक्षणका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।