चलचित्र ‘रबरसिटी’का लागि अडिसनको आह्वान

काठमाडौँ। नेपाली चलचित्र ‘रबरसिटी’का लागि अडिसन आह्वान गरिएको छ। अमेरिकामा छायांकन हुने चलचित्रका लागि केहि कलाकारहरु अडिसनमार्फत छानिने भएको हो। १४–१५ वर्ष उमेरका र ३० देखि ३५ वर्ष उमेर समूहका नेपाली भुटनिज र नेपालीले अडिसन दिन सक्नेछन्।

त्यसैगरि ६० देखि ७० वर्ष उमेरका अमेरिकन चत्रिरत्रका लागि पनि अडिसन आह्वान गरिएको छ। अमेरिकामा हुने इच्छुक व्यक्तिले अडिसन दिन सक्ने निर्माण पक्षले जनाएको छ। अमेरिकामा चलचित्रको छायांकन फेब्रुअरीबाट सुरु हुनेछ। विनोद पौडेलको निर्देशनमा बन्ने चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा हुनेछ। विनोदकै कथा रहेको चलचित्रमा भुटानबाट नेपाल लखेटिएर अमेरिका पुगेका नेपालीभाषी भुटानी शरणार्थीको कथा देखाईनेछ। 

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×