कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने

कैलाली - नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ। जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान हुने भएको हो। 

आइतबार सम्पन्न निर्वाचनको आज गरिएको मतगणनामा सभापतिका प्रत्यासी प्रकाश बमले एक हजार १६९, नारायण भट्टले एक हजार ७२ र रामबहादुर कलेलले १९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले जानकारी दिए। दोस्रो चरणमा बम र भट्टबीच प्रतिस्पर्धा हुने बताइएको छ। सभापतिका लागि पूर्वउपसभापति भट्ट, निवर्तमान उपसभापति बम र कलेलले आआफ्नो छुट्टाछुट्टै समूहसहित उम्मेदारी दिनुभएको थियो। मतदानका क्रममा ४८ मत बदर भएको थियो। 

सचिव पदमा भने नृपबहादुर सुनार, अमृत बिसी र केशव मिश्रले उम्मेदवारी दिनुभएको छ। दुई हजार ५७६ मतदाता रहेकामा दुई हजार ४८६ मत खसेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×