अरहान्त र कृष्णालाई चौथों धनलक्ष्मी राष्ट्रिय स्क्वासको उपाधि

काठमाडौँ - चौथो धन लक्ष्मी महर्जन मेमोरियल राष्ट्रिय स्क्वास प्रतियोगिताको उपाधि अरहान्त केशर सिम्हा र कृष्णा थापाले जितेका छन्।

सातदोबाटोस्थित राष्ट्रिय स्क्वास कोर्टमा शनिबार भएको फाइनलमा अरहान्तले अमृत थापामगर र कृष्णाले विपना ब्लोनलाई हराउँदै उपाधि जितेका हुन्।

पुरुष ओपनमा अरहान्तले अमृतलाई ३-० को सेटमा हराए। उनले ११-४, ११-७, ११-६ को जित निकालेका थिए। उपाधि सहित अरहान्त २५ हजार रुपियाँ र उपविजेता अमृतले १५ हजार रुपियाँ प्राप्त गरेका छन्।

महिला ओपनमा कृष्णाले विपनालाई ३-० को सेटमा हराइन्। उनले ११-७, ११-७, ११-७ को जित निकालिन्। उपाधि सहित कृष्णाले १८ हजार र उपविजेता विपनाले ११ हजार रुपियाँ पुरस्कार प्राप्त गरेका छन्।

५० वर्षमाथि भेट्रान्समा सुदीपबहादुर सिंह, जुनियर ओपनमा विकाश मगर र मेन्स प्लेटमा प्रज्ञा जोशी च्याम्पियन बने। साउन १६ गतेबाट सुरु भएको प्रतियोगितामा १ सय खेलाडीको सहभागिता रहेको थियो। 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×