काठमाडौँ - बोरुसिया डर्टमुन्डका स्टाइकर सेवास्टियन हलरलाई सोमबार टेष्टिमुलर क्यान्सर भएको पत्ता लागेको छ। उनीले प्रशिक्षणको क्रममा अस्वस्थ महसुस गरेपछि गरिएको परिक्षणमा उनलाई क्यान्सर देखिएको हो।
२८ वर्षीय आइभरी कोष्टका यी खेलाडी यसै महिनाको सुरुमा ३१ मिलियन युरोमा आज्याक्सबाट बुन्डेसलिगाको क्लव डर्टमन्डमा अनुबन्ध भएका थिए। क्लवले उनको अवस्थाको बारेमा सोमबार साँझ अद्यावधिक गर्ने जनाएको छ।
क्लवले जारी गरेका विज्ञप्तिका अनुसार उनी अस्वस्थका कारण स्विजरल्याण्डमा भइरहेका प्रशिक्षण छाडेर डर्टमन्ड फर्केका छन्। उनको परिक्षणको क्रममा अण्डकोषमा ट्युमर देखिएको थियो।