साञ्चोको निर्णायक गोलमा युनाइटेड विजयी

काठमाडौँ - म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगअन्तर्गत बिहीबार रातिको खेलमा लेस्टर सिटीविरुद्ध संघषूपर्ण जित निकालेको छ। लेस्टरको मैदानमा भएको खेलमा युनाइटेडले घरेलु टिमविरुद्ध १-० को जित निकालेको हो।

युनाइटेडको जितका लागि फरवार्ड साडन साञ्चोले १ गोल गरेका थिए। खेलको २३औं मिनेटमा मार्कस रासफर्डले दिएको पासको सदुपयोग गर्दै साञ्चोले गोल गरेका थिए।

यता घरेलु टिम लेस्टरले खेलका ५४ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि गोल गर्न भने सकेन। र, यो जितसँगै युनाइटेड सुरुवातका २ हारबाट तंग्रिने प्रयास गरिरहेको छ। अहिले युनाइटेडले लगातार ३ जित निकालेर ९ अंक बनाएको छ।

दोस्रो चरण सकिँदा तालिकाको पुछारमा भएको युनाइटेड अहिले पाँचौ स्थानमा उक्लिएको छ। यता लेस्टर सिटी भने तालिकाको पुछारमा रहेको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×