निवर्तमान प्रधानमन्त्री देउवा बालुवाटारबाट धुम्बाराहीतर्फ प्रस्थान

काठमाडौँ - निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारबाट धुम्बाराहीतर्फ प्रस्थान गरेका छन्। बूढानिलकण्ठस्थित देउवाको निजी निवास पुनःनिर्माणको काम भइरहेका कारण उनी धुम्बाराहीस्थित भाडाको घरमा सरेका हुन्। 

१० पुसमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएसँगै देउवाले भाडाको घर खोजिरहेका थिए। मंगलबार दिउँसो धुम्बाराहीमा एक घर भेटिएको र केही समय सोही भाडाको घरमा देउवा केहि महिनाका लागि बस्नेछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×