विद्युत्‌का २७१ सेवाग्राही कालोसूचीमा

चितवन - नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ। विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो।

उनीहरुबाट रु ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ। केन्द्रका सूचना अधिकारी अच्युतराज विष्टका अनुसार छ महिनासम्म पनि महशुल नबुझाउनेको लाइन काट्नाका साथै कालोसूचीमा राख्ने गरिएको छ।

कालोसूचीमा परेका ग्राहकलाई तीन पुस्तासम्म मिटरबक्ससहित विद्युत् उपलब्ध नगराउने गरी कारबाही गरिने उनले जानकारी दिए। कार्यालयका अनुसार केन्द्रमा हाल ६३ हजार ३५० सेवाग्राही रहेका र  तिनबाट वार्षिक रु १८ करोड ८९ लाख १० हजार ८१५ युनिट विद्युत् खपत हुँदा वार्षिक रु एक अर्ब ९४  करोड ८१ लाख ८३ हजार महसुल उठेको छ।

गत आर्थिक वर्षमा समयमा महसुल नतिर्ने एक हजार ७४६ सेवाग्राहीको लाइन काटिएको थियो। उनीहरुमध्ये एक हजार ५४५ सेवाग्राहीको लाइन पुनः जडान गरिएको र  सय एक  सेवाग्राही सम्पर्कमा नआएको उनले जानकारी दिए। लाइन काटिएका सेवाग्राहीबाट रु चार करोड ४३ लाख ६० हजार महसुल असूली गरिएको कार्यालयले जनाएको छ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×