काठमाडौँ - आईसीसी पुरुष विश्वकप लिग–२ क्रिकेटअन्तर्गतको शृंखलाका लागि अमेरिका भ्रमणमा रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दै छ। खेल मोसो क्रिकेट मैदानमा नेपाली समयानुसार राति ९ः१५ बजेबाट सुरु हुनेछ।
नेपाल १२ खेलबाट १२ अंक जोड्दै अंकतालिकाको छैटौँ स्थानमा रहेको छ। ओमान ३२ खेलबाट ४० अंक जोड्दै पहिलो स्थानमा रहेको छ। नेपाल आज ओमानलाई हराउँदै श्रृङ्खलामा सुखद सुरुवात गर्न चाहन्छ। श्रृङ्खला अन्तर्गत नेपालले दोस्रो खेल अमेरिकासँग आउँदो ३० गते खेल्नेछ। तीन देश सम्मिलित शृंखलामा अमेरिका, नेपाल र ओमान छन्।
नेपालले शृंखलाको दोस्रो खेलअन्तर्गत जुन ११ मा अमेरिकासँग खेल्नेछ। ओमानविरुद्ध जुन १४ र अमेरिकाविरुद्ध जुन १५ मा अर्को खेल खेल्ने तालिका रहेको छ।