बारा। प्रदेश न २ मा चलचित्रको छायांकन गर्दा होटल तथा यातायातमा विशेष छुट दिइने भएको छ। होटल तथा पर्यटन व्यावसायिक संघले चलचित्र विकास बोर्ड र चलचित्र निर्देशक समाजको आयोजनामा भएको चलचित्र निर्माण कार्यशालाको समापनमा यो घोषणा गरेको हो। साथै कार्यक्रममा बागमती नगरपालिकाको भरत तालमा फिल्म छायांकन स्टुडियो निर्माणको लागि जमिन उपलब्ध गराउने पनि बताईएको थियो। त्यसैगरि बागमती नगर पालिकाले 'समृद्धि' नामक चलचित्रको पनि घोषणा गरेको छ। निजगढमा भएको ७ दिने चलचित्र निर्माण आधारभुत (क्र्यास कोर्स)प्रशिक्षण कार्यक्रममा ३१ जनाले भाग लिएका थिए। जहाँ चलचित्र विकास बोर्ड अध्यक्ष दयाराम दाहाल, प्रकाश भट्टराई, युवराज लामा, निखिल उप्रेती, पुरुषोत्तम प्रधान, रक्षा सिंह राणा, जनकदीप पराजुली, सन्तोष श्रेष्ठ आदिले प्रशिक्षण दिए। कार्यक्रममा बिभिन्न मनोरंजनकर्मी,सञ्चारकर्मी तथा राजनीतिज्ञहरुको उपस्थिती रहेको थियो।