इन्टरनेशनल थिएटर फेस्टिभल आयोजना गर्दै मण्डला थिएटर

काठमाडौँ - मण्डला थिएटरले नेपाल इन्टरनेशनल थिएटर फेस्टिभल आयोजना गर्ने भएको छ। आगामी मंसीरमा थिएटरले फेस्टिबल गर्न लागेको हो।

मण्डलाले १ साता लामो नेपाल इन्टरनेशनल थिएटर फेस्टिभलका लागि इच्छुक रंगकर्मी, विभिन्न समूह वा संस्थालाई आवेदन पठाउन आग्रह गरेको छ।

‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च’ नारासहित ९ देखि १६ मंसीरसम्म थापागाउँस्थित मण्डला थिएटरमा हुन लागेको फेस्टिभलमा विभिन्न नाटकका साथै सांगीतिक कार्यक्रम लगायत थुप्रै गतिविधि हुने भएकाले इच्छुकले आवेदन पठाउन सक्ने थिएटरले जानकारि दिएको छ।

थिएटरका अनुसार इच्छुक रंगकर्मी, विभिन्न समूह वा संस्थाले २९ जुलाई भित्र आवेदन पठाउन सक्नेछन् भने १ समूहबाट एउटा मात्रै आवेदन छनोट हुनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×