काठमाडौँ- ब्राजिलियन क्लब पाल्मिरस फिफा क्लब विश्वकपको फाइनल प्रवेश गरेको छ। पाल्मिरस पहिलो सेमिफाइनलमा इजिप्टको अल अल्हीलाई २-० ले हराउँदै उपाधि नजिक पुगेको हो। अबुधाबीस्थित अल नाह्यान स्टेडयिममा पाल्मिरसलाई जित दिलाउन राफेल भेइगा र डुडुले एक-एक गोल गरे।
खेलको ३९ औँ मिनेटमा राफेलले गोल गर्दै पाल्मिरसलाई अग्रता दिलाएका थिए। ४९ औँ मिनेटमा डुडुले टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि थप गोल हुन नसक्दा पाल्मिरसले सहज जित निकाल्दै फाइनल यात्रा तय गर्याे। खेलको ८१ औँ मिनेटमा अयमन अश्रफले रातो कार्ड खाएपछि अल अल्ही १० खेलाडीमा समेटिएको थियो।
पाल्मिरसले उपाधिका लागि इंग्लिस क्लब चेल्सी र साउदी अरेबियाको अल हिलालबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।