झापा गोल्डकपको तयारी सुरु, पहिलोपटक थिम गीत र मस्कट बनाउने

झापा। फागुनमा हुने पाँचौँ संस्करणको झापा गोल्डकप फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ। झापा गोल्डकपको कार्यसमितिको सोमबार बसेको बैठकले पाँचौँ संस्करण भव्य रुपमा आयोजना गर्न मुल आयोजक समिति गठन गर्ने निर्णय गरेको छ। आयोजक समितिमा जिल्लाका प्रतिष्ठित व्यवसायी, उद्योगी, समाजसेवी तथा खेलप्रेमी रहने जनाइएको छ।

कोरोनाको तेस्रो लहरले गोल्डकपको आयोजनाबारे जनमानसमा अन्योल रहेकोप्रति बैठकले सुनिश्चित गरिदिएको छ। संक्रमण कम हुँदै गएकाले फागुन २१ गतेबाट नै गोल्डकप सञ्चालन हुने अध्यक्ष विनोद बस्नेतले जानकारी दिए।

यसैबीच, पाँचौँ संस्करणको झापा गोल्डकपमा थिम गीत र मस्कट तयार हुने भएको छ। गोल्डकपले पहिलोपटक थिम गीत र मस्कट बनाउन लागेको हो । झापाको प्रतिनिधित्व हुनेगरी गीत तयार भइरहेको र केही दिनमै सार्वजनिक हुने बताइएको छ। त्यस्तै, वरिष्ठ कलाकार पवन राजवंशीले झापा गोल्डकपको मस्कट तयार गर्दैछन्।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×