उत्तरपश्चिम पाकिस्तान भिडन्तमा २ सैनिक र २ आतङ्कवादी मारिए

इस्लामाबाद। पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बल र आतङ्ककारीहरूबीचको भिडन्तमा दुई सैनिक र दुई आतङ्ककारीको मृत्यु भएको सेनाले बुधबार राति एक विज्ञप्ति मार्फत् जनाएको छ। सेनाले आतङ्कवादीहरूको उपस्थितिको सुराकीका आधारमा डेरा इस्माइल खान र दक्षिण वजिरिस्तान जिल्लाहरूमा गुप्तचरमा आधारित अपरेसनहरू सञ्चालन गरेको सेनाको मिडिया शाखा इन्टर-सर्भिसेस पब्लिक रिलेसन्सले  जनाएको छ।

"तीव्र गोलीबारीको क्रममा दुई आतङ्ककारी मारिएको, तीन आतङ्ककारीलाई पक्राउ गरियो र एक आतङ्कवादीले सुरक्षा बल समक्ष आत्मसमर्पण गरेको सेनाले  जनाएको छ। साथै आतङ्कवादीसँग लड्दा दुई सैनिकले पनि ज्यान गुमाएका छन्। 
आतङ्कवादीहरूबाट इम्प्रोभाइज्ड विस्फोटक उपकरणहरू र रकेटहरू सहित हतियार र गोला बारूदको ठूलो परिणाम पनि बरामद गरिएको छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×