सोलुखुम्बुमा कांग्रेस कार्यकर्ताद्वारा पत्रकारमाथि हातपात

सोलुखुम्बु । नेपाली कांग्रेसको अधिवेशनमा सभापतिको लागि भएको निर्वाचनको मतगणनाको स्थलगत रिपोर्टिङमा खटिएका प्रकारहरुमाथि मंगलबार राति नेपाली कांग्रेसका कार्यकर्ताहरुले हातपात गरेका छन् । पत्रकार सुवास दर्नाल, रमण वनलगायतका सञ्चारकर्मीमाथि कांग्रेस कार्यकर्ताले हातपात गरेका हुन् । सोलुखुम्बुको सल्लेरीमा मतगणनाको रिपोर्टिङ गर्ने क्रममा उनीहरुमाथि हातपात भएको हो ।
पत्रकारमाथि हातपात गर्नेहरुमा नेविसंघका जिल्ला उपाध्यक्ष जीवन बस्नेत, तरुणदलका सचिव शेखर बस्नेत, क्षेत्रीय प्रतिनिधि प्रदिव बस्नेत, नेविसंघ माप्यदुधकोशी अध्यक्ष विभुषण राई लगायत रहेका छन् । उनीहरुको आक्रमणबाट रिपोर्टिङमा प्रयोग गरिएको माइक, रेकर्डर सहितका रिपोर्टिङमा प्रयोग हुने सामाग्रीहरुमा क्षति पुगेको बताइएको छ । 
पीडित पत्रकारहरुका अनुसार प्रहरीकै अगाडि कांग्रेस कार्यकर्ताहरुले हातपात गर्दा पनि प्रहरीले उनिहरुमाथि कुनै कारवाहि गरेनन् ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×