काठमाडौँ। नेपाली चलचित्र 'लाइफ इन एलए’को प्रदर्शन मिती घोषणा गरिएको छ। अमेरिका र नेपालमा छायाङ्कन गरिएको चलचित्रको प्रदर्शन मिती निर्माण पक्षले बुधबार एक पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो। चलचित्र बैशाख ९ गते प्रदर्शनमा आउने भएको छ।
चलचित्रमा ब्यास बिस्सु, आकेशा बिस्ट, शिल्पा मास्के, गौरव पहारी, बुद्धि तामाङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक,जारेड बिलप्स, साम भुजेल, जयन्द्र चिलुवाल आदि कलाकारहरुको अभिनय रहेको छ। सुर्य एन श्रेष्ठको निर्देशन रहेको चलचित्र ब्यास इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको हो। चलचित्रलाई ब्यास बिस्सुले निर्माण गरेका हुन् भने संसार सुवेदी कार्यकारी निर्माता रहेका छन्। भुपेन्द्र अधिकारी र उज्ज्वल ढकालको सम्पादन रहेको चलचित्रमा कविराज गहतराज र सुरज श्रेष्ठको करियोग्राफी छ।