सोलुखुम्बुको मैलीमा सामुदायिक स्वास्थ्य इकाइ स्थापना

सोलुखुम्बु । डाँडापारिको गाउँपालिकाले परिचित लिखुपिके गाउँपालिका–२ स्थित मैलीमा सामुदायिक स्वास्थ्य इकाइ सञ्चालन भएको छ ।

बुधबार एक कार्यक्रमका बीच  उक्त सामुदायिक  स्वास्थ्य इकाइको उदघाटन गरिएको लिखुपिके गाउँपालिकाले जनाएको हाे।

भौगोलिक रुपमा विकटताको रूपमा रहेको मैली गाउँका बासिन्दाहरुलाई सामान्य रुपमा भएपनि स्वास्थ सेवा पुगोस् भनेर उक्त सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरिएको गाउँपालिका अध्यक्ष डम्बर बहादुर बस्नेतले बताउनुभयाे । 

स्वास्थ्य संस्थामा पुग्न  झन्डै २ घन्टा हिड्नु पर्ने बाध्यता रहेको अवस्थामा स्वास्थ चौकीको स्थापना पश्चात करिब  ९० घर परिवारले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने भन्दै  स्थानीय बासी खुशी भएका छन् ।

उक्त स्वास्थ इकाइमा हाल एक जना अनमी नियुक्ति गरिएको  पनि गाउँपालिकाले जनाएको छ ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×