काठमाडौं - सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ। महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ।
भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो।
महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ। गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो।
राजधानी दैनिकबाट