विश्वकपमा नेदरल्यान्ड्स र इक्वेडरले अंक बाँडे

काठमाडौँ - कतारमा जारी विश्वकप अन्तर्गत समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्।

खलिफा स्टेडियममा शुक्रबार राति भएको खेलमा नेदरल्यान्ड्सले सुरुवातीअग्रता लिएपनि जोगाउन सकेन। कोडी गाक्पोले छैटौं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए।

नेदरल्यान्ड्सको अग्रता पछि जोसिएको इक्वेडरले दोस्रो हाफको सुरुमै बराबरी गोल फर्कायो। ४९औं मिनेटमा कप्तान इनर भ्यालेन्सियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। त्यसपछि दुवै टोलीले थप गोल गर्न नसक्दा अंक बाँड्न बाध्य भए। बराबरीसँगै ४ अंक बनाएको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ।

दोस्रो स्थानमा रहेको इक्वेडरको पनि समान ४ अंक छ। ३ अंक बनाएको सेनेगल तेस्रो स्थानमा रहेको छ। अंकविहिन कतार अन्तिममा छ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×