काठमाडौँ। नेपाली चलचित्र `पसिना´ युट्युबबाट सार्वजनिक गरिएको छ। आर बि खत्रीको निर्देशन,निर्माण तथा कथा रहेको चलचित्रकी निर्माता शान्ता ढकाल रहेकी छिन् भने सञ्जय महतो कार्यकारी निर्माता रहेका छन्। चलचित्रमा गौरव पहारी ,अनु शाह , सरोज खनाल, रबी गिरी, ध्रुव कोइराला, जयनन्द लामा आदि कलाकारहरुको अभिनय रहेको छ। राम केसीको छायाँकन, नवीन निरौला र भरत रेग्मीको सम्पादन रहेको चलचित्र 'ओयसआर डिजिटल'को युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
भिडियो: