यू १९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका नियुक्त

काठमाडौँ - यू-१९ महिला क्रिकेट टिमको कप्तानमा कृतिका मरासिनी छनोट भएकी छिन्। नेपाल क्रिकेट संघ(क्यान)ले सोमबार कृतिका मरासिनीलाई कप्तानको रुपमा घोषणा गरेको हो।

मलेसियामा हुने यू-१९ विश्वकप छनोट खेल्न जानुअघि टिमको नयाँ कप्तानको जिम्मेवारी कृतिका मरासिनीलाई दिएको हो।

४ जुनदेखि मलेसियामा हुने प्रतियोगितामा नेपालले मलेसिया, युएई, थाइल्यान्ड, चीन, भुटान, म्यानमार र कतारसँग प्रतिस्पर्धा गर्नेछ।
 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×