काठमाडौँ - यही असार १० गतेदेखि प्रदर्शनको तयारीमा रहेको नयाँ नेपाली फिल्म ‘घनचक्कर’ को नेपाल भाषाको प्रोमोसनल गीत सार्वजनिक गरिएको छ। सार्वजनिकमा गीतमा फिल्मका मुख्य पात्रबीचको प्रेम र पैसाको चक्कर देखाइएको छ।
बिजेन श्रेष्ठको संगीत रहेको गीतमा भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर रहेको छ। हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी जनराको यो फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी रहेको छ। भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन्।
यो फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ।
सुसन प्रजापति खिचेको यो फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्वन्द निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ।
यो फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ।