‘चंगाचेट–२’ मा विपिन कार्की अनुबन्धित

काठमाडौँ - दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको फिल्म ‘चंगाचेट २’का लागि विपिन कार्की अनुबन्धित भएका छन्। फिल्मकी निर्माता शर्मिला पाण्डेले कार्की आफूहरुसँग जोडिएको जानकारी दिएकी छिन्।

फिल्मको निर्माण पक्ष र अभिनेता कार्कीबीच बिहीबार सम्झौता भएको हो। कार्की फिल्ममा मुख्य भूमिकामा देखिनेछन्। यसअघि नै उक्त फिल्ममा अर्पण थापा मुख्य कलाकारको रुपमा अनुबन्धित भइसकेका छन्।

२०१८ मा प्रदर्शनमा आएको फिल्म ‘चंगाचेट’को सिक्वेलको रुपमा बन्न लागेको यो फिल्ममा थप कलाकारको भने टुंगो भने लागेको छैन। फिल्मको निर्माण डीएस डिजिटलको ब्यानरबाट हुँदैछ। फिल्म मंसिरको पहिलो साताबाट छायांकनमा जानेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×