हलिउड चलचित्रमा अभिनय गर्दै आलिया भट्ट

भारत। बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो चलचित्र ‘गंगुबाई काठियावाडी’का कारण अहिले निकै चर्चामा छिन्। चलचित्रले दर्शक तथा समिक्षकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ। भारतीय बक्स अफिसमा चलचित्रले १०० करोड भन्दा बढीको व्यापार गरिसकेको छ।

यसैबिच आलियाका प्रशंसकहरुका लागि एक खुशीको खबर बाहिर आएको छ।  खबरका अनुसार आलिया चाँडै नै हलिउड चलचित्रमा देखिने तयारिमा छिन्। उनी चलचित्र ‘हर्ट अफ स्टोन’मार्फत हलिउडमा डेब्यु गर्दैछिन्। यो चलचित्रमा गाल गडोट र जेमी डोरम्यान मुख्य भूमिकामा रहेका छन्। टम हार्परको निर्देशन रहने चलचित्र नेटफ्लिक्समा हेर्न सकिनेछ।

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×