शिक्षक भट्टराईको ‘साइनोको अभाव’ झ्याउरे गीत सार्वजनिक

काठमाडौँ - रत्न मावि तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराई र शान्ति श्री परियारको स्वरमा रहेको ‘साइनोको अभाव’ गीत सार्वजनिक भएको छ। पश्चिम नेपालको मौलिक झ्याउरे लयमा गाइएको गीत बुधबार सार्वजनिक भएको हो।

मौलिक गीत, संगीतलाई प्रवर्द्धन गर्नुपर्छ भन्ने उद्देश्यले आफ्नै लगानीमा गीत बनाइएको भट्टराईले बताएका छन्। मौलिक गीत, संगीत लोप हुँदै गएको अवस्थामा झ्याउरे गीतका माध्यमबाट गीत, संगीतको प्रवर्द्धन गर्न खोजिएको भट्टराईको तर्क रहेको छ। 

गीतको भिडियोमा कलाकारलाई मौलिक नेपाली पोसाकमा सजिएको देख्न सकिन्छ। गीतमा गुरुङ समुदायको भेषभुषालाई प्रदर्शन गर्न खोजिएको छ। 

पेशाले शिक्षक रहेका भट्टराई पछिल्लो समय कलाकारिता क्षेत्रमा पनि सक्रिय देखिएका छन्। गीतमा नवराज कौड्यालले लय भरेका छन्। गीतमा संगीत कञ्चन परियारको रहेको छ।

 

मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×