भारत। बहुप्रतिक्षित बलिउड चलचित्र ‘शमशेरा’ को शुक्रबार प्रदर्शन मिति घोषणा गरिएको छ। रणवीर कपुर, वाणी कपुर, सञ्जय दत्त, आशुतोष राणा, सौरभ शुक्ला र रोनित रोय अभिनित चलचित्र २२ जुलाईमा प्रदर्शनमा आउनेछ ।
चलचित्रबारे बताउदै यशराज फिल्म्सले ट्विटरमा लेखेकाे छ, ‘चलचित्र जुलाई २२ मा हलमा रिलिज हुनेछ। तपाईंको नजिकको सिनेमा हलमा मात्र ‘शमशेरा’ मार्फत् यशराजको ५० वर्ष पूरा भएकाे खुसी मनाउनुहोस्। यो चलचित्र हिन्दी, तमिल र तेलेगु भाषामा सार्वजनिक हुन तयार छ।’
चलचित्रको प्रदर्शन मितीसँगै टिजर पनि सार्वजनिक गरिएको छ। करण मल्होत्राको निर्देशन रहेको चलचित्रलाई पिरियड एक्सन ड्रामा फिल्मको रूपमा व्याख्या गरिएको छ। चलचित्रमा रणवीरले बाबु र छोरा दुवैको दोहोरो भूमिका निभाउनेछ।
टिजर: